Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’ आयोजना हुने

  •   २ वर्ष अघि | ४ असार २०८१, मङ्लबार

असार ४, काठमाडौँ । ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’ चलचित्र निर्देशक समाजको प्रस्तुतिमा आयोजना हुने भएको छ ।

असार १८ र १९ (जुलाई २ र ३)मा कोशी प्रदेश विराटनगरमा हुने फेस्टिभल नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश १ ले आयोजना गर्न लागेको हो ।

फेस्टिभलमा विसं २०७९ र २०८० सालमा निर्माण भएका  छोटा चलचित्र, चलचित्र र वृत्तचित्रले सहभागिता जनाउन सक्नेछन् । फिल्म फेस्टिभलको विशेष प्राथमिकतामा हिमाल, पर्यटन र कला संस्कृतिसँग नजिक रहने छ ।

यही असार ११ गते (जुन २५) भित्र फेस्टिभलमा सहभागिता हुन चाहने फिल्मले आवेदन दिन सक्नेछन् ।

 

  • न्युज बहार संवाददाता

थप