साउन १४, काठमाडौँ । गाईजात्रा नजिकिदै गर्दा कलाकार जितु नेपालले हाँस्य प्रस्तुति ‘मुन्द्रेको हाँस्यव्यंग्य सामाग्री २०८२’ ल्याएका छन् ।
नेपालले
आफ्नै युट्युब च्यानल ‘जितु कमेडी’
मार्फत पहिलो भाग ‘गाईजात्रे बजेट भाषण’ सार्वजनिक गरिएको छ । यो सामाग्री
टिकटक र रिल्समा उपलब्ध छ ।
उक्त भाषणमा
संसद् भवनभित्र सभामुख, मन्त्री र
सांसदको संवादमार्फत व्यंग्य गरिएको छ । उनका अनुसार चार भिन्न भागका गाईजात्रे
कोसेली ४/४ दिनको फरकमा आउने छन भने यो व्यंग्यको केन्द्रमा राजनीतिलाई राकिएको छ
।
हाँस्यव्यंग्य
सामाग्री पहिलो भागमा बजेट प्रस्तुत गर्ने मन्त्रीलाई कटाक्ष गरिएको छ ।
- न्युज बहार संवाददाता