असार १२, काठमाडौँ
। अभिनेत्रीद्धय साम्राज्ञी शाह र स्वस्तिमा खड्काले टेलिभिजन टक शोलाई लिएर
भैरहेको विवादमा माफी मागेका छन् ।
चर्को
विरोध भएपछि दुबैले सामाजिक संजाल इन्स्टाग्रामबाट माफी मागेका हुन् ।
जसिता
गुरुङको पोस्टको कमेन्ट गर्दै स्वस्तिमाले माफी मागेकी छन भने साम्राज्ञीले
स्टोरीबाट माफी मागकी हुन ।
जसिता
गुरुङको पोस्टको कमेन्ट गर्दै माफी माग्दै स्वस्तिमा लेख्छिन्, ‘म तपाईंको भावनामा चोट पुर्याएकोमा
माफी चाहन्छु, यो एक रमाइलो कार्यक्रम थियो र आवेगसहित कुराहरु बाहिर आयो, तपाईं
मेरा लागि सँधै महान साथी हुनुहुन्थ्यो । फेरि पनि म माफी चाहन्छु ।’
यता साम्राज्ञीले
कुनै महिलालाई मात्र नभई कसैलाई पनि नीच देखाउने बारेमा आफु सोच्न नसक्ने भन्दै
स्पष्टीकरण दिएकी छिन् । यस विषयमा उनले लेखेकी छिन्, ‘हामीलाई प्रश्नको राउन्डमा एउटा
स्थितिमा राखिएको थियो, हामीले, यसको नतिजा के हुन्छ भनेर सोचेनौँ र तिमीलाई कुनै पनि तरिकाले धम्क्याउने
कोसिस पनि गरेका थिएनौँ । तिम्रो भावनामा चोट पुर्याएकोमा माफी माग्न चाहन्छु ।’
- न्युज बहार संवाददाता