असोज २३,
काठमाडौँ । प्रस्तावित
फिल्म विधेयकप्रति पाका फिल्म निर्देशक, निर्माता तथा अभिनेता नीर शाहले आपत्ति जनाउँदै
यसले चलचित्र क्षेत्रलाई धरासायी बनाउने विचार राखेका छन ।
शाहले निर्माता
संघको वार्षिक साधारणसभामा बोल्दै यो विधेयकले बोर्डमाथि मन्त्रालयको हस्तक्षेप
अझै बढ्ने बताएका हुन ।
चलचित्र
विकास बोर्डको अधिकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खोस्न खोजेको भन्दै
शाहले बोर्डलाई स्वायत्तता दिनुपर्नेमा जोड दिएका हुन ।
अभिनेता
शाहले स्वतन्त्र चलचित्र आयोग बनाउन सरकारलाई सुझाव पनि दिएका छन ।
- न्युज बहार संवाददाता