माघ १३, काठमाडौँ । दुई फिल्म ‘एक्टर’ र ‘एक्टर : टेक वन’बीचको विवाद अदालत सम्म पुगेको छ। दुई फिल्मबिच फिल्मको नामलाई लिएर विवाद उत्पन्न भएको थियो । सोही विवाद अहिले अदालतसम्म पुगेको हो ।
‘एक्टर’ फिल्मका निर्माताले जिल्ला अदालत
काठमाडौँमा मुद्दाको अन्तिम किनारा नलागेसम्म माघ १६ गते प्रदर्शन तयारीमा रहेको फिल्म
‘एक्टर :
टेक वन’को
प्रदर्शन रोक्न माग गर्दै रिट दायर गरेका छन् ।
दायर रिटको
माग प्रतिलिपि अधिकार बमोजिम कार्वाही गरि उचित क्षतिपूर्तिको उपयुक्त आदेशको छ । नेपाली
डायस्पोरा इन्टरटेनमेन्ट प्रालिको तर्फबाट ‘एक्टर’ चलचित्रका प्रस्तोता सम्राट
थापाले अदालतमा मुद्दा हालेका हुन् ।
- न्युज बहार संवाददाता