असोज १३,
काठमाडौँ । आपराधिक विश्वासघातविरुद्धको कसुरमा अभिनेता अनमोल केसीविरुद्ध मुद्दा
दर्ता भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले अनमोलविरुद्ध
आपराधिक विश्वासघातविरुद्धको कसुरमा मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको बताएका छन
।
रेग्मीका
अनुसार भने आपराधिक विश्वासघात गरेर ठगेको कसुरमा अदालतबाट पक्राउ अनुमति लिएर अनमोललाई
पक्राउ गरिएको हो।
साँगाबाट हिजो शुक्रबार अनमोल पक्राउ परेका हुन् । केसीले फिल्म रावायणमा अभिनय गर्ने र त्यसमा ‘हिरो’को भूमिकामा खेल्ने सम्झौता गरेर १० लाख रुपैयाँ एडभान्स लिएका थिए ।
निर्माण युनिटको दाबी अनुसार अहिले उनले फिल्म खेल्न आनाकानी गर्दा करिब डेढ करोड लगानी डुबेको छ । फिल्म निर्माण युनिटले निर्माणका लागी आवश्यक अन्य विधामा ऋण खोजेर १ करोड ५० लाख लगानी गरेको भन्दै निर्माण युनिटले प्रहरीमा उजुरी दिएको थियो ।
एसपी रेग्मीले उजुरी परेपछि प्रहरीले बोलाउँदा अनमोलले नआउने बताएपछि जाहेरी दर्ता गरेर उनलाई पक्राउ गरेको जानकारी दिएका छन । उनलाई अहिले टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ ।
- न्युज बहार संवाददाता