Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

जङ्गलमा पाइने निगुरो बेचेर वार्षिक लाखौँ कमाई गर्दै महिलाहरु

  •   २ वर्ष अघि | १५ असोज २०८१, मङ्लबार

असोज १५, काठमाडौँ । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–१ दोवाका स्थानीयहरुले निगुरो सङ्कलन गरी बिक्रीका लागि बागलुङ बजार पठाउने गरेका छन । दोवा गाउँका महिलाको दैनिकी साउनदेखि असोजसम्म जङ्गलमा निगुरो खोज्ने र बेच्नेमा बित्छ ।

बजारमा लेकाली जङ्गलमा उम्रिने निगुरोको राम्रो माग हुने गरेको छ । उपभोक्ताको रोजाइमा निगुरो पर्न थालेपछी महिलाहरुलाई आयआर्जनमा पनि सहयोग पुगेको छ । यस वर्ष मात्रै त्याहाँका महिलाले रु १० लाख ५० हजारको निगुरो बिक्री गरेका छन । 
उनिहरुका अनुसार वन उपभोक्ता समिति, सङ्कलन कर्ता, गाडी भाडा कटाएर बाँकी रकम नाफा हुन्छ, यहाँका महिलालाई घर खर्च पुगेको छ र कम्तीमा एकजनाले एक ‘सिजन’मा रु एक लाखभन्दा माथिको निगुरो बिक्री गर्ने गरेका छन ।
दोवाको जङ्गलमा पाइने निगुरो सदरमुकाम बेनी बजार हुँदै बागलुङबजार पठाउने गरिएको छ । बागलुङ बजारका व्यापारी रेग्मीले होलसेल मूल्यमा तरकारी व्यापारीलाई निगुरो बिक्री गर्दै आएकाछन् । दोवाको निगुरो बागलुङमा होलसेल प्रतिमुठा रु ८० र खुद्रा प्रतिमुठा रु १०० मा बिक्री हुने गरेको छ । 

  • न्युज बहार संवाददाता

थप