असार १७, महोत्तरी । महोत्तरीमा सयममा वर्षात् नहुँदा धान रोपाइँ न्यून भएको छ । मध्य असार बित्नलाग्दा पनि पर्याप्त वर्षा नाभए पछि यहाँ तयार भएको धानको बीउ खेर जाने अवस्था आएको छ । अहिले जिल्लाभर पानीको अभावले रोपाइँ पछि सरेको छ । महोत्तरी जिल्लामा कुल खेतीयोग्य जग्गा करिब ७१ हजार हेक्टर रहेको छ भने त्यसमध्ये ४५ देखि ५० हेक्टरसम्म धानखेती गरिँदै आइएको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार यसपालि अनुकूल वर्षा नहुँदा ब्याड राख्न भएको ढिलाइ र रोपाइँका लागि पानी नपुग्दा धानखेती पछि परेको छ । कार्यालय प्रमुख तथा वरिष्ठ कृषि अधिकृत देवानन्द यादवले अनुकूल वर्षा नहुँदा किसानले रोपाइँ गर्नुपर्ने बेलामा पनि पानी पर्न नसकेकोले रोपाइँ कम भएको जनाएको छ । यही असार १५ मा धान दिवस मनाइरहँदा यहाँको रोपाइँ दुई–तीन प्रतिशतभित्र मात्र रहेको छ ।
- न्युज बहार संवाददाता