जेठ १४, काठमाडौँ । दाङ जिल्लाको डुडुवा गाउँपालिकाले किसानलाई धानको बीउ वितरण गर्न सुरू गरेको छ। पालिका आफैले यस वर्षदेखि धानको बीउ तयार गरेर वितरण सुरू गरेको हो। पालिकाले धानको मूल बीउ उत्पादन गरी उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको थियो।
पालिकाका कृषि शाखा प्रमुख सुशीलकुमार शर्माका अनुसार समूह र सहकारी गरी जम्मा १४ वटा सहकारीलाई ५० प्रतिशत अनुदानमा धानको बीउ बिक्री गरिएको हो। १२० क्विन्टल उन्नत जातको र ८० क्विन्टल मूल बीउ किसानलाई सहकारी समूहमार्फत अनुदानमा वितरण भइसकेको शर्माले जनाएका छन।
- न्युज बहार संवाददाता