Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

कफी खेतीबाट लाखौँको आम्दानी

  •   २ वर्ष अघि | २९ फाल्गुन २०८०, मङ्लबार

फागुन २९, इलाम । कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छभन्ने प्रेरणाका स्रोत इलामको माङसेबुङ गाउँपालिका१ जगरमुखीका याम कार्की बनेका छ्न्।

कार्कीले ६० रोपनी क्षेत्रफलको जग्गामा कफीको बिरुवा लगाएका छन्। जाहाँ उनी बिहानदेखि बेलुकासम्म नै कृषि काममा रहन्छन । व्यावसायिक कफीखेती उनले विगत छ वर्षदेखि सुरु गरेका छन । व्यवसायी कार्कीले आफ्ना सबै जग्गामा कफीखेती विस्तार गरेका छन् । अहिले उनको बगानमा छ हजार कफीका बोटहरु हुर्करहेका छन ।

उनको बगानका अधिकांश कफीका बोटले आम्दानी दिन सुरु गरेका छन । वार्षिकरूपमा रु १३ लाखसम्म उनले कफीखेतीबाट आम्दानी गर्दै आएका छन्। छुट्टाछुट्टैरूपमा कफीको चेरी र बिरुवा बिक्रीबाट आम्दानी लिँदै आएको उनको अनुभव रहेको छ ।

उनले ‘इलाम एग्रो फार्म’ विसं २०७४ देखि दर्ता गरी उनले व्यावसायिक कफीखेती गर्दै आएका छन्। 

उनका अनुसार विगत छ वर्षदेखि उनले आफ्नै निजी जग्गामा व्यावसायिक कफीखेती गर्दै आएका छन, अधिकांश बोटले अहिले आम्दानी दिन थालिसकेको छन ।

फ्रेस चेरी ए ग्रेड कफी प्रतिकिलो रु एक सय पाँच सम्ममा बिक्ने गरेको छ।’ उनले भने,  सरदरमा वार्षिक सात लाख रूपैयाँसम्म आम्दानी भइरहेको छ।

व्यवसायी कार्कीले अरविकानामक कफीखेती विस्तार गरेका छन भने उनले बिरुवाबाट समेत मनग्य आम्दानी गरिरहेका छन्। उनका अनुसार याममा बिरुवा बिक्रीबाट छ लाखसम्म आम्दानी हुने गरेको छ । 

  • न्युज बहार संवाददाता

थप