Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

व्यावसायिक तरकारी खेतीले आयआर्जनमा बृद्धि

  •   ३ वर्ष अघि | २४ माघ २०८०, बुधबार

माघ २४, कञ्चनपुर । कञ्चनपुर जिल्लामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा बेलौरी नगरपालिका–३ पडावमा पुनःस्थापन भएका धम्मलराज चौधरीले अढाई बिघा जमिनमा व्यावसायिक तरकारी खेती गरेका छन् ।

उनले निकुञ्जबाट विस्थापित हुँदा दश कट्ठा जग्गा पाएका थिए । पाँच दाजु-भाइलाई दश कट्ठा जग्गा बाँड्दा दुई कट्ठा उनको भाउमा आएको थियो । उनले सोही दुई कट्ठा जमिनमा खेती किसानी गरेर जीविका चलाउँदै आएका उनले अहिले व्यावसायिक तरकारी खेतीबाट भएको आम्दानीले ११ कट्ठा जग्गा जोड्न सफल भएका छन ।

उनले विगत आठ वर्षदेखि गाउँमा तरकारी खेती गरिहेका छन भने आफुले वार्षिक रु नौ लाख सम्म बचत गर्ने गरेको उनी बताउँछन ।  उनले भने “मैले सुरु गरेको तरकारी खेतीबाट भएको आम्दानीले मेरो परिवारको आर्थिक अवस्थामा सुधार आउनाका साथै गाउँका अरू किसान पनि तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।” उनका अनुसार उनले उत्पादन गरेको तरकारी महेन्द्रनगर, धनगढी, बेलौरी र आइबीआरडीलगायत बजारहरुमा बिक्री हुने गरेको छ ।

कञ्चनपुरमा पछिल्ला केही वर्षयता चौधरीजस्तै व्यावसायिक तरकारी खेतीमा थारू समुदायकको सक्रियता बढ्दै गएको पाइएको छ । पुस्तौँदेखि उनीहरुले खेती र पशुपालनबाट जीविका चलाउँदै आएकोमा नगदे बालीका रुपमा तरकारी खेती थालेपछि आयआर्जन समेत बढेको किसानहरु बताउँछन।

  • न्युज बहार संवाददाता

थप