Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मौसम परिवर्तनको असर, समय भन्दा छिटै फुल्दै र फल्दै आँप र लिचि

  •   २ वर्ष अघि | ३ चैत्र २०८१, आइतवार

चैत ३, काठमाडौँ । यस वर्ष छिटै देखि गर्मी सुरु भएको छ । छिट्टैदेखि यसपालि गर्मीयाम सुरु भएकाले फागुनको पहिलो सातादेखि नै आँप र लिचीमा फूल लाग्न थालिसकेको विभिन्न स्थानहरुबाट जानकारी प्राप्त भएको छ ।

केही वर्ष पहिला सम्म चैत अन्तिमतिर मात्र आँप र लिची फुल्ने गरेका थिए तर यसपालि आँप र लिची फागुनको पहिलो सातादेखि नै फुल्न थालिसकेका छन ।

मधेस प्रदेशअन्तर्गत कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र बाराका कृषि अर्थ विज्ञका अनुसार मौसम परिवर्तनले यस्तो भएको हो ।

छिटो गर्मी हुने भएकाले आँप लिची छिटो फुलेका हुन । अहिले फागुन अन्तिम र चैत पहिलो सातादेखि नै लिची र आँपमा स–साना दाना लाग्न सुरु गरिसकेको अर्थ विज्ञले जनाएका छन । 

  • न्युज बहार संवाददाता

थप