Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

‘मह’ राम्रो आम्दानीको स्रोत बन्दै

  •   २ वर्ष अघि | २८ जेष्ठ २०८१, सोमवार

जेठ २८, भोजपुर । मह अहिले भोजपुर जिल्लाको नागी क्षेत्रका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यो गाउँमा एक वर्षमा व्यावसायिक मौरीपालनबाट उत्पादन भएको महबाट रु एक करोड २० लाख बढी भित्रिएको छ ।

व्यावसायिक रूपमा मौरीपालन गरिरहेका टेम्केमैयुङ४ मा पर्ने यो स्थानका अधिकांश किसानले नजिकै प्रशस्त वन क्षेत्र रहेकोले यहाँका हुँगे, चोक्ला, वाकताङ लुङ्गिनलगायतका स्थान मौरीपालन गर्ने गरेका छन ।  

स्थानीय मौरीपालक किसान सारुहाङ राईका अनुसार अहिले स्थानियका लागि मह आम्दानीको राम्रो स्रोत बनेको छ ।

उनले आफूले पालेको १८ वटा आधुनिक घारमा एक पटकमा एक सय केजीसम्म मह उत्पादन हुने गरेको बताएका छन । उनका अनुसार एक वर्षमा मौरीबाट दुईदेखि तीन पटकसम्म मह काढ्न सकिन्छ । उक्त मह स्थानीय बजारमा प्रतिकेजी रु एक हजार पाँच सयमा बिक्री हुने गरेको छ ।

  • न्युज बहार संवाददाता

थप