Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

परम्परागत खेती छाडेर ‘ड्रागनफ्रुट’ खेतीबाट मनग्य आम्दानी गर्दै इलामका किसान

  •   २ वर्ष अघि | ५ भदौ २०८१, बुधबार

भदौ ५, इलाम । अहिले इलाममा धेरै जसो किसानहरु ‘ड्रागनफ्रुट’ (सिउँडी) खेतीप्रति आकर्षित हुन थालेका छन । उनीहरु आफुले गर्दै आइरहेको परम्परागत खेती छाडेर मनग्य आम्दानी हुने भएपछि व्यावसायिक ड्रागनफ्रुट खेतीतर्फ लागेका हुन ।

यसकै उदाहरण हुन इलामको चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका किसान प्रवीण लिम्बू । किसान प्रवीण लिम्बूले ड्रागनफ्रुट खेतीबाट वार्षिक १२ लाख रुपैयाँ सम्म आम्दानी गरेका छन् ।

उनले एक बिगाहा जग्गामा लगाइएका ३ हजार बिरुवाबाट उत्पादन भएको फल बेचेर ८ लाख आम्दानि गरेका छ न भने बिरुवा बिक्रीबाट ४ लाख रुपैयाँ आम्दानी गरेका छन । उनका अनुसार यस वर्ष बिरुवा हलक्क बढेकाले उत्पादन अझ बढ्नेछ ।

उनले करिब तिन वर्ष वर्षअघि ‘भिलेज एग्रो फार्म’ दर्ता गरी ड्रागनफ्रुटको खेती सुरु गरेका हुन । उनको फर्ममा मलेसियन प्रजातिको रातो ड्रागनफ्रुट फलेको छ  । यस वर्ष  बिरुवा हलक्क बढेकाले यसबाट आम्दानी बढ्ने अपेक्षा उनले गरेका छन ।  आफ्नै ठाउँमा बसेर कृषि गरिरहेका लिम्बूले गुणस्तरीय ड्रागनफ्रुटको फल र बिरुवा दुबै उत्पादन गर्दै आएका छन् । उनका अनुसार आफूले उत्पादन गरेका ड्रागनफ्रुट र बिरुवाको बजारीकरणमा समस्या छैन, उत्पादन गरेको फल बिक्दैन कि भन्ने चिन्ता पनि छैन, झापाका व्यापारीहरु फल किन्न भनेर बगानमा नै आउने गरेका छन । 

  • न्युज बहार संवाददाता

थप