Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि किसानहरु चिन्तित

  •   २ वर्ष अघि | १० मंसिर २०८१, सोमवार

मंसिर १०, म्याग्दी । म्याग्दीका किसान यतिबेला चिन्तित बनेका छन । किसानका बारीमा टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि किसानहरु चिन्तित बनेका छन ।   

त्याहाँका सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झर्न थालेको हो । बेनी नगरपालिका–४ बास्कुनाका किसान सन्दीप खत्रीका अनुसार बोटबाट २५ प्रतिशत सुन्तलाका दाना झरिसकेको छ भने यस्तो समस्या गएको कात्तिकको तेस्रो हप्तादेखि देखिएको हो । 

केही दिनअघि गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक वासुदेव रेग्मीको नेतृत्वमा बास्कुना पुगेको बेनी नगरपालिकाको कृषि शाखाका प्राविधिक र कृषि ज्ञान केन्द्रको टोलीले झरेका सुन्तलाको नमूना सङ्कलन गरेर परीक्षणका लागि लगेका छन् । 

  • न्युज बहार संवाददाता

थप