Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

दुई महिनामा सुन्तलाको तीन गुणा बढी मुल्य पाउँदा किसान खुशी

  •   २ वर्ष अघि | २ बैशाख २०८१, आइतवार

बैशाख २, तेह्रथुम । किसानले सुन्तलाको सिजन हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा भण्डारण गरि राखेर दुई महिनापछी बेच्चा पछि तीन गुणा बढी मूल्य पाएका छन् । हिउँदमा सुन्तला प्रतिकिलो रु ६० हुँदा म्याङलुङ९ साब्लामा सञ्चालित मेयङलुङ शीतभण्डारमा राखिएका सुन्तला अहिले अहिले प्रतिकिलो रु दुई सयले बिक्री भइरहेको छ । 

म्याङलुङ९ साब्लामा कोशी प्रदेश सरकारको रु तीन करोड, म्याङलुङ नगरपालिका र कियाचु कृषि सहकारी संस्थाको रु एक करोड ३० लाख साझेदारीमा एक हजार मेट्रिक टनको शीतभण्डार सञ्चालन भइरहेको छ।
 
सुन्तला शीतभण्डारमा राखेको दुई महिनामै प्रतिकेजी तिन गुणा मुल्य पाउँदा किसान हर्षित भएका छन । दुई रुपैयाँ ५० पैसा प्रतिमहिना भाडा तिरेर शीतभण्डारमा माघको अन्त्यतिर राखेको सुन्तला दुई महिनामै स्थानीय बजारमा बिक्रीका लागि निकालिएको हो ।  

  • न्युज बहार संवाददाता

थप