Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

गाउँमा कृषिकर्म गरेरै राम्रो आम्दानीमा रमाउँदै

  •   २ वर्ष अघि | २९ साउन २०८१, मङ्लबार

साउन २९, काठमाडौँ । प्युठान जिल्ला प्युठान नगरपालिका–८ तल्लो गेजवाङका सन्तोष जिसी पाँच वर्षअघि विदेशबाट स्वदेश फर्किए । आफ्नै देशमा फर्केर उनी कृषि पेशामा लागेका हुन । अहिले उनलाई आफ्नो गाउँ आफ्नै ठाउँ रमाइलो लाग्छ । गाउँमा कृषिकर्म गरेरै उनले अहिले राम्रो आम्दानी समेत गरिराखेका छन्।

जिल्लामा अन्य किसानहरु पनि छन जो कृषिकर्ममा टिक्न सकेका छैनन् तर जिसी भने प्रत्येक वर्ष नाफा वृद्धि गर्दै लैजाने प्रकृयामा लागि परेका छन र यसमै खुसी पनि छन्। उनले विदेशको मासिक एक लाखभन्दा बढी तलब छोडेर स्वदेशमा कृषि पेशा अँगालेका हुन ।  लगनशील भएर काम गरे स्वदेशमै प्रशस्त आम्दानी गर्न सकिने उनी बताउँछन ।

उनले हजुरबुबाले तल्लो गेजवाङ केही जग्गामा तरकारीखेती गरेर उब्जेको देख्दा आफ्नो बारीमा तरकारी फल्छ भन्ने सोचे र सोही अनुसार विदेशबाट फर्केर तरकारीखेती गर्ने योजना बनाएका हुन थिए।

हहिले कृषक जिसीको आठ रोपनी क्षेत्रफल भएको जग्गामा तरकारीखेती गरिरहेका छन । उनले अहिले करिब तीन रोपनीमा पक्की टनेल निर्माण गरी बेमौसमी टमाटरखेती गरिरहेका छन । उनले एक याममा करिब तीन लाख रुपैयाँ बराबर टमाटर बिक्री गरेका छन । उनकी श्रीमती हिमा केसी जिसीले गाउँकै आधारभूत तहको शिक्षण गरी बिहान बेलुका फर्ममा सघाएकी छन् । उनले फर्ममा स्थानीय चार महिलालाई रोजगारी समेत दिएका छन ।

जिसीले पहिलो पटक कृषि फार्ममा ५० हजार रुपैयाँबाट तरकारी खेति सुरु गरेका थिए । त्यसपछी बर्सेनि आम्दानी वृद्धि गर्दै हाल आठ लाखको लगानी गरेका छन । उनका अनुसार तरकारीबाट बर्सेनि उत्पादन र आम्दानी वृद्धि हुँदै गएपछि थप हौसला मिलेको छ ।

  • न्युज बहार संवाददाता

थप