Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

व्यवसायीक केराखेतीबाट गाउँमै रोजगारीको सृजना

  •   २ वर्ष अघि | २० चैत्र २०८०, मङ्लबार

चैत २०, झापा ।  श्री गणपति एग्रिकल्चर फार्म प्रालिले झापा जिल्लाको गौरीगञ्ज–५ मा व्यवसायीक केराखेती गरिरहेको छ । फार्म अहिले १० जना श्रमिकले नियमित रोजगारी पाइरहेका छन । श्रमिकहरुले केरा लगाउने, गोडमेल तथा हेरचाह गर्ने, उत्पादन भएका केरा टिप्नेलगायत काम गरिरहेका छन् ।

फार्म सञ्चालक कमल थापाका अनुसार केरा उत्पादन सुरु भएपछी फार्ममा थप रोजगारी सिर्जना हुने छ ।

थापाले ८० बिघा जमिन भाडामा लिएर केराखेती लगाएका छन। उक्त केरा खेतीमा हालसम्म रू दुई करोड खर्च भइसकेको छ । सञ्चालक थापाका अनुसार फार्ममा ९० हजार केराका बिरुवा लगाइएको छ भने एउटा बिरुवाबाट अर्को बिरुवाको दूरी छ दशमलव पाँच फिट रहेको छ ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘ब्लक विकास’ कार्यक्रममार्फत फार्मलाई प्राविधिक सहयोग गरिरहेको छ । केन्द्र र फार्मको ५०/५० प्रतिशत लगानीमा प्रविधिक सामग्री सहयोग गर्ने सम्झौता भएअनुसार काम गरिएको केन्द्रका प्राविधिक अञ्जु आचार्यले बताएकी छन । आचार्यका अनुसार फार्मले श्रमिकलाई खानासहित दैनिक रू पाँच सय ज्याला दिने गरेको छ । फार्मका कामदारका अनुसार उनिहरुले घर नजिकै रोजगारी पाएको र रोजगारीका लागि अरु देश जानु नपर्नुका साथै यो नै उनिहरुको लागि खुसीको कुरो भएको छ ।

सरकारले केरा उत्पादन भएसँगै बजारीकरण तथा प्रविधिक सहयोग गरेमा पहिलो वर्ष नै लगानी उठाउन सकिने फार्मका अध्यक्ष वासु उप्रेती  बताउँछन । 

  • न्युज बहार संवाददाता

थप