Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

प्याजखेतीमा रमाएका महराको गुनासो: प्याज भण्डारणका लागि कुनै व्यवस्था छैन

  •   २ वर्ष अघि | २५ चैत्र २०८०, आइतवार

चैत २५, डोटी । डोटी जिल्लाका किसानहरुमा अहिले प्याजखेतीप्रति आकर्षण बढ्दो क्रममा छ ।  जिल्लाभरी छरिएर रहेका विभिन्न किसानहरुले अहिले जिल्लाकै विभिन्न स्थानमा प्याजखेती गरिरहेका छन् । जिल्लाको शिखर नगरपालिका३ सालाखर्कस्थित तुलसीगण्यानीमा त्यहीका स्तानिय किसान सकराम महराले पनि प्यज खेती गरेका छन । उनले २० रोपनी जमिनमा प्याज लगाएका छन । महराले २०६१ सालदेखि निरन्तर कृषी गरिरहेका छन । उनी अहिले ६१ वर्षीका हुँदा पनि कृषीमा आवद्ध छन । उनले गत वर्ष  आठ रोपनी जग्गामा  प्याजखेती गरेका थिए। सिँचाइका लागि पाइप र बीउ कृषि ज्ञान केन्द्र डोटीबाट पाएपछि यो वर्ष भने उनले प्याजखेती विस्तार गरेका छन ।

महराका अनुसार बीस रोपनी जमिनमा विभिन्न चरणमा चार किलो प्याजको बीउ रोपिएको छ, बीउ फरकफरक समयमा राखिएकोले, फरक समयमा सबै जमिनमा प्याज रोपिएको हो । उनले प्याज रोप्नका लागि ५५ दिन जति ज्यालामा स्थानीयलाई काम लगाएका छन । यसरी ज्यालामा काम लगाएबापत एक दिनको एक दिन बराबर आठ केजी प्याज दिने सहमति भएको छ । उनका अनुसार सिजनमा रु २५ देखि ३५ प्रतिकिलो र बेसिजनमा रु ४५ देखि ८० प्रतिकिलोका दरले प्याज बिक्री गर्दै आएका छन । 

महराका अनुसार प्याज उत्पादन गर्नुभन्दा पनि बिक्री गर्न समस्या हुने गरेको छ । सिजनमा भनेको मूल्य पाइँदैन, बेसिजनमा बेच्दा मूल्य पाइन्छ तर प्याज जोगाउन गाह्रो हुने गरेको उनले जनाएका छन । प्याज भण्डारणका लागि कुनै व्यवस्था नहुँदा धेरैजसो प्याज बिग्रिएर जाने गरेको उनले गुनासो गरेका छन ।

  • न्युज बहार संवाददाता

थप