जेठ २९, नवलपरासी । नवलपरासीका किसानहरु यतिबेला निराश बनेका छन्। किसानले उत्पादन गरेको चैतेधानको उचित मूल्य नपाउँदा उनिहरु निराश भएका हुन ।
नवलपरासी
मध्यविन्दु नगरपालिका वडा नम्बर दुईका २ का किसान हुन दानबहादुर आले।
उनले आफ्नो पाँच कट्ठा जमिनमा दश क्विन्टल बराबरको चैतेधान उत्पादन गरेका छन्।
उनले यो दान बिक्री गर्दा प्रतिक्विन्टल रु दुई हजार २०० मात्र पाएका छन
जसले उनलाई खिन्न बनाएको छ। उनले गएको वर्ष प्रतिक्विन्टल रु तीन हजारभन्दा अधिक
मोलमा धान बिक्री गरेका थिए।
किसान
आले स्थआनिय बुद्धभूमि कृषक समूहका संयोजक पनि हुन। उनका अनुसार धानको उचित मूल्य
नपाउँदा समूहमा खेती गरेका सबै किसान निरास भएका छन्।
कृषि
ज्ञान केन्द्रका प्रमुख कूलप्रसाद तिवारीका अनुसार सरकारले चैतेधानको समर्थन मूल्य
दुई हजार ८७९ तोकेको छ । उनले भारतबाट धान आयात भएकाले किसानले उचित मूल्य
नपाएका हुनसक्ने बताएका छन।
- न्युज बहार संवाददाता