Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मौसममा आएको परिवर्तनसँगै भाइरल ज्वरोका बिरामीको संख्या बृद्धी

  •   २ वर्ष अघि | २ असोज २०८१, बुधबार

असोज २, काठमाडौँ । बैतडीका गाउँ गाउँमा मौसममा आएको परिवर्तनसँगै भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । स्वास्थ्यकर्मीका अनुसार यहाँका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी क्लिनिकमा भाइरल ज्वरोका बिरामीको संख्या बढ्न थालेको छ ।

स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले पछिल्लो केही सातायता जिल्लाभरिका स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामीको चाप बढेको जानकारी दिएका छन ।  उनका अनुसार मौसममा आएको परिवर्तनसँगै जिल्लाका गाउँ गाउँमा भाइरल ज्वरोको बिरामीको सङ्ख्या बढेको छ भने जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये सबैभन्दा बढी भाइरल ज्वरोका बिरामी हुने गरेका छन् ।

  • न्युज बहार संवाददाता

थप