भदौ १७, जनकपुर । नवजीवन
हस्पिटल जनकपुरधाममा चिकित्सकले बिरामीको घुँडाको शल्यक्रिया गर्दा शरीरभित्रै
कपडा छाडेको पाइएको छ ।
महोत्तरीको
भंगहा नगरपालिका–९ का स्थानिय
३० वर्षीय मन्दीप यादवको बायाँ घुँडाको शल्यक्रिया गर्दा शरीरभित्रै कपडा (गज)
छाडेको भेटिएको हो ।
बिरामीले शल्यक्रिया गरेपछि
दुख्ने र घाउबाट पिप आउने भएपछि पुनः अर्को अस्पतालमा अपरेशन गर्दा शरीरभित्रै
कपडा भेटिएको पीडित परिवारले बताएको छ।
- न्युज बहार संवाददाता