Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

तिजको दरमा के खाने के नखाने?

  •   २ वर्ष अघि | १९ भदौ २०८१, बुधबार

भदौं १९, काठमाडौँ । नेपाली महिलाहरुको महान चाड तिज यतिबेला नेपालीहरुको दैलोमा मा नै आइपुगेको छ । भोलीदेखि तिज सुरु हुँदैछ । विशेष गरि तिजका चार दिनलाई महत्वपुर्ण मानिन्छ  । तिजको पहिलो दिन दर खाने दिन भनिन्छ । दर व्रतको एक दिनअघि खाइन्छ । भोलिपल्ट दिनभर व्रत बस्न पर्ने भएकोले दर खाँदा सजिलो हुने खालको खाना खानु स्वास्थ्यको लागि राम्रो मानिन्छ  । दरमा खाइएको खानाले पाउन प्रकृयामा असर नगर्ने खालको हुनुपर्छ ।

हाम्रो परम्परा अनुसार दरमा धेरै मसालेदार, चिल्लो, पिरो र पचाउन गार्हो हुने खानाहरु जस्तै चाम्रे, खिर, आलु फ्राई भटारे, ढकनी हस्ता वजनदार खाना खाने चलन छ अझ कतै कतै त माछा मासु पनि खाने र एकदमै धेरै खाने चलन छ । त्यस्ता खान पचाउन एकदमै गार्हो हुने गर्दछ अझ भोलीपल्ट पानि पनि नखाई वर्त बस्ने हुनाले त्यस्ता खानाले ग्यास्ट्रिकको समस्यालाई धेरै बढाउँछ । त्यसैले दरमा क्यालोरी, चिल्लो र मसला कम भएको खानेकुरा समावेश गर्नु राम्रो हुन्छ । दरमा फाइबर र प्रोटिनयुक्त खानेकुरा तरकारी, फलफूल, जस्ता खानेकुरा हुनु आवश्यक छ ।

अर्को तर्फ दर खाने दिन बढी चिल्लो, पिरो खाना खाने र भोलिपल्ट केही(पानी पनि) नखाई व्रत बस्ने परम्पराले गर्दा पेटको समस्या तथा ग्लुकोजको मात्रा कम हुन गई व्रत बसेको दिन विभिन्न स्वास्थ्य समस्या नै निम्तिन सक्छ । दर खाने दिन राति अबेरसम्म बसेर एकैपटक धेरै खानेकुरा खाने बानी राम्रो होइन । दर खाने भनेर अघिल्लो रात १२ बजे सम्स अत्यधिक खाने र भोलीपल्ट पानी समेत नखाई व्रत बस्दा हाम्रो स्वास्थ्यमा धेरै असर गर्छ । राति अबेरसम्म खानेकुरा खाने र सुत्ने गर्दा हामीले खाएको खाना राम्ररी पच्न पाउँदैन र पाचन सम्बन्धी समस्या निम्तिन सक्छ ।

त्यसैले दर मिठो खाउँ तर प्रकृया मिलाएर खाउँ र सबै स्वस्थ रहौँ । तिजको सम्पुर्णमा शुभकामना

न्युज बहार परिवार

  • सृजना प्याकुरेल

थप