असोज २३, काठमाडौँ । डेंगुसंक्रमितको संख्या काठमाडौँ उपत्यकामा दिन प्रतिदिन बढ्दै गएको छ । काठमाडौँ उपत्यकाको दुई साता यताको तथ्याङ्क हेर्दा काठमाडौँमा दैनिक कम्तिमा १२ देखि २० जनालाई डेंगु संक्रमित भएको देखिएको छ ।
अघिल्ला वर्षहरूमा असोज,कात्तिक महिनामा काठमाडौंमा तीव्र गतिमा डेंगुको संक्रमण दर बढेको जनस्वास्थ्य विज्ञहरू बताउँछन । सोही तथ्याङ्क अनुसार अहिले पनि उपत्यकामा उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ ।
गएको आठ महिनाको अवधिमा हालसम्म काठमाडौँमा ७६४ जनामा डेंगु संक्रण पुष्टी भएको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।
- न्युज बहार संवाददाता