असोज ११, काठमाडौँ । आज विश्व रेबिजविरुद्धको दिवस । यस दिन नेपालमा पनि विभिन्न
जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष सेप्टेम्बर २८ लाई रेबिज रोकथाम र
यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि विश्व रेबिज दिवसको रुपमा
मनाइने
गरिन्छ ।
यस वर्ष विश्व रेबिजविरुद्धको दिवसको नारा ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ भन्ने रहेको छ । यस नाराले स्वास्थ्य केही चुनिएका व्यक्तिका लागि मात्र नभइ, सबैका लागि हो भन्ने कुरालाई प्रकाश पारेको छ ।
रेबिजविरुद्धको पहिलो खोप विकास गरेका फ्रान्सेली वैज्ञानिक लुइस पाश्चरको मृत्युको वार्षिकोत्सवका रुपमा पनि यो दिवस मनाइने गरिन्छ।
- न्युज बहार संवाददाता