असोज २३, काठमाडौँ । आज विश्व मानसिक स्वास्थ्य दिवस । यस दिनको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
यो दिवस हरेक वर्षको अक्टोबर १० मा मनाउने गरिन्छ । विश्व मानसिक स्वास्थ्य दिवसका लागी यस वर्ष ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारा तोकिएको छ ।
आज मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमूलक कार्यक्रम गरी मनाइँदै छ।
मानसिक स्वास्थ्यलाई संयुक्त राष्ट्रस¬ङ्घको दिगो विकास लक्ष्य (२०१६–२०३०)मा पनि प्राथमिकतामा राखी मानसिक स्वास्थ्यको प्रवर्द्धन र नसर्ने रोगबाट हुने मृत्युदरलाई एकतिहाइले कम गर्ने लक्ष्य रहेको छ ।
- न्युज बहार संवाददाता