माघ २१, काठमाडौँ
। क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी आज विश्व क्यान्सर दिवस मनाइँदैछ
। हरेक वर्षको फेब्रुअरी ४ तारिखका दिन यो दिवस मनाइन्छ । नेपालमा पनि यस वर्ष ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ विभिन्न
सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
सन् २०२२
मा करिब एक करोड व्यक्तिको मृत्यु क्यान्सर रोगका कारण भएको विश्व स्वास्थ्य
सङ्गठन (डब्लुएचओ)ले जनाएको छ । क्यान्सर
रोगबाट हुने मृत्युमध्ये पनि करिब एकतिहाइ सुर्तिजन्य पदार्थको प्रयोग, मदिरा सेवन, मोटोपन, शारीरिक क्रियाकलापको अभ्यास
कमी र फलफूल तथा तरकारीको कम सेवनका कारण हुने गरेको डब्लुएचओले जानाएको छ ।
फोक्सोको
क्यान्सर रोग सबैभन्दा धेरै देखिने क्यान्सर हो । यो बाहेक प्रोस्टेट,
स्तन, कोलोरेक्टम, कलेजो, पेट
र
मूत्राशयमा क्यान्सर रोग बढी हुने गरेको छ । डब्लुएचओका अनुसार नेपालमा क्यन्सर
रोगका बिरामीको यकिन तथ्याङ्क नभए पनि नेपालमा स्तन, पाठेघरको मुख
र
फोक्सोमा हुने क्यन्सरका कारण धेरै महिलाको मृत्यु हुने गरेको छ भने पुरुषमा पेट, फोक्सो
र
कलेजोमा क्यान्सर रोग बढी हुने गरेको छ ।
- न्युज बहार संवाददाता