साउन १४, काठमाडौँ । आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस । यस दिन नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने हेतुले यो दिवस मनाउन थालिएको हो। जको दिन मानव र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न महत्त्वपूर्ण रहेको छ । यस दिनको यस वर्षको नारा ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट बञ्चित नगरौं’ भन्ने रहेको छ ।
हरेक वर्षका यस्ता नाराले बेचबिखन पीडितले भोग्ने शोषणको अन्त्य तथा उद्धारपछिको पुनःस्थापनाको सुनिश्चितता साथै बेचबिखनको जोखिममा रहेका समूहको संरक्षणको सन्देश दिने गरेको छ ।
- न्युज बहार संवाददाता