कार्तिक
२९, काठमाडौँ । नेपालीहरुको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व धुमधामका
साथ मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व आफ्ना
दाजुभाइलाई दिदी बहिनीले श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको
कामना गर्दै परम्परा अनुसार सप्तरंगी टिका मखमलीको माला लगाई मनाइँदैछ ।
दिदीबहिनीले
दाजुभाईलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । धर्मशास्त्रविद्
एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले शास्त्रीय मान्यता अनुसार दिदीबहिनीलाई
पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने जानकारी दिएका छन ।
आज भाइटीकाको
लागी शुभ साइत १०:५१ बजेको रहेको छ ।
भाइटीकाका
दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेता पनि भाइटीकाको शुभ साइत
कात्तिक २९ गते बुधबार १०:५१ बजे शुभ रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले
जनाएको हो ।
समितिका
कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलका अनुसार साइत खोज्नेका लागि १०:५१ बजेको साइत दिइएको हो।
- न्युज बहार संवाददाता