मंसिर १५, काठमाडौँ । आज डिसेम्बर १ अर्थात ३६ औँ विश्व एड्स दिवस । आज एड्स दिवसमा ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने मुल नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
यो दिवस हरेक वर्ष डिसेम्बर १ का दिन मनाइने गरिन्छ । यस वर्ष पनि यो दिवस यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रमको आयोजना स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले गरी मनाइँदैछ।
नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआइभी सङ्क्रमण भएको अनुमान रहेको केन्द्रले जनाएको छ । हरेक दिन एक जना व्यक्ती नेपालमा एचआइभीबाट सङ्क्रमित हुने गरेको छ।
पहिलो एचआइभी सङ्क्रमित सन् १९८१ मा फेला परेदेखि सन् २०२२ को अन्त्यसम्ममा आठ करोड ५६ लाख जनामा सङ्क्रमण भएका छन । यसै सङ्क्रमणका कारण चार करोड चार लाखजनाको मृत्यु पनि भइसकेको छ । दिन तीन विश्वमा हरेक हजार ६ सय मानिस एचआइभी सङ्क्रमित हुने गरेका छन् ।
- न्युज बहार संवाददाता