पुस ९, काठमाडौँ
। विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूसहित नेपालमा पनि आज ‘क्रिसमस डे’ पर्व मनाइदैँछ । हरेक वर्ष अङ्ग्रेजी
क्यालेन्डर अनुसार २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने
परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् ।
कन्या
मारियमको कोखबाट दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको मानिन्छ
। उनलाई जिसस क्राइस्ट पनि भनिन्छ । येशुले मानव समुदायका लागि पुर्याएको
योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास रहि आएको छ ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले आज क्रिसमसको
अवसरमा शुभकामना सन्देश दिएका छन् भने सरकारले ‘क्रिसमस डे’ का अवसरमा आज सार्वजनिक
बिदासमेत दिएको छ ।
आज ‘क्रिसमस डे’ अवसरमा ललितपुर, काठमाडौँ, भक्तपुर र पोखरालगायत स्थानमा
विशेष रौनक देख्न सकिन्छ । बजार र ठुला व्यापारिक स्थलमा क्रिसमस ट्रीले सजाइएको छ
।
- न्युज बहार संवाददाता