Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बढ्दो गर्मीका कारण तातो हावाको लहर चल्ने सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

  •   १ वर्ष अघि | १० बैशाख २०८२, बुधबार

वैशाख १०, काठमाडौँ ।  केही दिन देखि बढेको गर्मीका कारण तातो हावाको लहर चल्न सक्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार पछिल्लो समय बढ्दो गर्मीका कारण तातो हावाको लहर चल्ने सक्नेछ ।  यसबाट बच्न सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो । 

देशभर पछिल्लो समय तापक्रम बढिरहेको छ । मौसमविद्का अनुसार विशेषगरी नेपालको तराई भेगमा ४० डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको छ । अबको दुई दिन सम्म लुम्बिनी, मधेस प्रदेश र सुदूरपश्चिममा दिन तापक्रम बढ्ने नै देखिएको मौसमविदले जनाएका छन । यि क्षेत्रमा तातो लहर पनि चल्न सक्ने हुनाले सतर्कता अप्नाउन महाशाखाले अनुसरोध गरेको छ ।

पछिल्लो समय नेपालमा तातो हावाको लहर (हिट वेभ) चल्न सक्ने सम्भावना बढेर गएको जनाइएको छ । यस्ता तातो हावाको लहरले मानिसको मृत्युसम्म पनि हुन सक्नेछ । त्यसैले सावधानी अपनाउनु जरुरी देखिन्छ । 

  • न्युज बहार संवाददाता

थप