Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपालमा डेंगु सङ्क्रमित बिरामीको सङ्ख्या ३ हजार नाघ्यो।

  •   ३ वर्ष अघि | ७ साउन २०८०, आइतवार

साउन ७, काठमाडौँ । पछील्लो समय नेपालमा डेंगु सङ्क्रमित बिरामीको सङ्ख्या दिन दिनै बढ्दै गएको छ । ईपीडीमीयोलीजो तथा रोग नियन्त्रण महाशाखाको आँकडा अनुसार देशभर डेंगु बिरामीको सङ्ख्या ३ हजार भन्दा बढी रहेको देखिएको छ ।

दुई साताअघि पत्रकार सम्मेलनमार्फत महाशाखाले ११ सय ९२ जना डेंगुको बिरामी पुष्टि भएको जनाएको थियो । तर, दुई साताको अवधिमा डेंगु सङ्क्रमित बिरामीको सङ्ख्या थपिएर ३ हजार नाघेको छ ।  

सुनसरी जिल्लामा सबैभन्दा बढी डेंगुका बिरामी पुष्टि भएको महाशाखाले जनाएको छ। त्याहाँ १५ सय ७१  जना सङ्क्रमित रहेका छन । 

यस्तै, दार्चुलामा १८८,  धादिङमा २५८,  सङ्खुवासभामा ५८, कास्कीमा १४९,  कञ्चनपुरमा ३९ , काठमाडौँमा ४६, म्याग्दीमा ३२,  भक्तपुरमा ३५ र झापामा पनि ३२ जना डेंगुका बिरामी रहेका छन् । विज्ञहरूको भनाइ अनुसार नेपालमा अझै सङ्क्रमित बढ्ने देखिएको छ । 

  • न्युज बहार संवाददाता

थप