जेठ २९, काठमाडौँ। दर्ता नवीकरण नगरी सञ्चालन भइरहेका दुई वटा अस्पताल काठमाडौँ महानगरपालिकाले सिल गरेको छ।
बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर आज महागरपालिकाको स्वास्थ्य संस्था अनुगमन टोलीले सिल गरेको हो ।
महानगरले दुवै अस्पताल लामो समयदेखि दर्ता नवीकरण नगरी सञ्चालन भइरहेको अनुगमनका क्रममा पाइएको जनाएको छ ।
महानगरका अनुसार यी अस्पताल भित्र सञ्चालित फार्मेसीहरु पनि विना दर्ता सञ्चालन भइरहेको पाइएको जनाएको छ।
- न्युज बहार संवाददाता