Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी मनाउँदै

  •   ३ वर्ष अघि | २७ माघ २०८०, शनिबार

माघ २७, काठमाडौँ ।  आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् ।     तामाङ समुदायका अनुसार आजदेखि मुसा वर्ष पूरा भइ गाई वर्षमा प्रवेश हुँदैछ । विभिन्न कार्यक्रम गरी प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार पर्व मनाइन्छ । गाई, मुसा, बाघ, ड्रागन, खरायो, घोडा, चरा, सर्प, भेडा, कुकुर, बाँदर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

धार्मिक र सांस्कृतिक विधिअनुसार १२ वटा जीवजन्तुका नामबाट ल्होसारमा ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी यो पर्व मनाउने गरिन्छ ।

यो पर्वका अवसरमा भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी मनाउने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित नेस्याङ्वा, थकाली, ह्योल्मो, भोटे, जिरेल, लेप्चा, दुरा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउने गर्दछन ।

  • न्युज बहार संवाददाता

थप