चैत ३०, काठमाडौँ । कोरोना भाइरसका कारण नेपालमा लगातार दोस्रो दिन एक व्यक्तिको मृत्यु भएको छ । यो संख्या सँगै नेपालमा कोभिडबाट मृत्यु हुने कुल सङ्ख्या १२ हजार २२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १२१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ भने पछिल्लो २४ घण्टामा २ हजार ३७७ जनाको नमुना परीक्षण गरिएको थियो जस मध्ये पीसीआर विधिबाट ५८ जना र एन्टीजेन विधिबाट ६३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनकारि दिएको छ ।
हाल देशभर कुल ४४५ कोरोना भाइरसको सक्रिय संक्रमित रहेका छन।
- न्युज बहार संवाददाता