माघ १, काठमाडौँ
। आजदेखी मेलम्चीको पानी फेरि काठमाडौँ वितरण हुनेछ । वर्षायाममा मेलम्ची नदीमा आएको
बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुगेको थियो। उक्त क्षतिको मर्मत पछी
आजबाट पुन: मेलम्चीको पानी काठमाडौँबासीको घरको धारामा आउने भएको छ ।
आज पहिलो दिन अनामनगर र मीनभवनको पानी
भण्डारण तथा वितरण केन्द्रबाट पानि वितरण
हुनेछ । त्यसपछि क्रमशः बालाजु, खुमलटार, बोडे सबैतिरका खानेपानी भण्डारण
केन्द्रमा पानी भरेर वितरण हुनेछ ।
सबै ठाउँमा एक दुई दिनभित्रमा पानी वितरण भइसक्ने छ ।
- न्युज बहार संवाददाता