चैत ५, काठमाडौँ । नेपाली फलफुल बजारमा आँप देखिन थालेको छ।
नेपाल
फलफूल थोक व्यवसायी संघ, काठमाडौँका
अनुसार करिब १५ दिनदेखि बजारमा आँप आउन थालेको हो।
नेपाली
बजारमा हाल चीन र भारतबाट आँप आइरहको छ । सिजन नभएकाले आँपको खपत भने न्यून रहेको व्यवसायीरुले
बताएका छन ।
यसका
साथै समय भन्दा अगावै आएको आँप किन्ने र खाने ग्राहक अहिले एकदमै कम भएकाले
व्यवसायीहरुले आँप बेचेर नाफा भने कमाउन सकेका छैनन्
। ग्राहकमा
समय अगावै आएको आँपमा धेरै मात्रामा विष र केमिकल प्रयोग गरिएको हुन्छ भन्ने
मानसिकता रहेकोले आँपको खपत एकदमै न्युन रहेको छ ।
खपत न्युन भए पनि आँप अहिले बजारमा प्रतिथोक मूल्य तीन सयदेखि तीन
सय ५० रूपैयाँ किलो रहेको छ।
आँप बजारमा खुद्रा उपभोक्ता मूल्य भने पाँच सय रूपैयाँसम्म तोकिएको
छ।
नेपालमा जेठ
१५ देखि मात्र स्वदेशी आँप आउन सुरू हुन्छ ।
- न्युज बहार संवाददाता