Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

एक महिने सारङ्गी प्रशिक्षण कार्यक्रम सम्पन्न

  •   २ वर्ष अघि | २९ माघ २०८०, सोमवार

माघ २९, कास्की । एक महिने सारङ्गी प्रशिक्षण कार्यक्रम गण्डकीको हेम्जामा सम्पन्न भएको छ । गण्डकी प्रज्ञाप्रतिष्ठानको आयोजना एवं हेम्जा साहित्य प्रतिष्ठानसँगका सहकार्यमा कास्कीको हेम्जामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सारङ्गी बादक सम्मरबहादुर गायकले गन्धर्व समुदायका २५ बालबालिकाको सहभागिता रहेको प्रशिक्षणमा स्थापित सहजीकरण गरेका थिए ।

गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका कार्यक्रममा सचिव प्रकाश पौडेलले प्रशिक्षणको समापनमा वैदिककालभन्दा अघि सारङ्गीको उत्पत्ति भएको बताएका थिए ।

उनका अनुसार एक तार हुँदै आज सारङ्गीको विकसित रूप चार तारसम्म आइपुगेको हो भने ऐतिहासिक महत्त्व बोकेको सारङ्गी गन्धर्व समुदायसँग जोडिनु खुसीको कुरा पनि हो ।

उनले नेपाली लोक भाकामा प्रयोग गरिने सारङ्गी बाजा मात्र नभई व्यवसाय पनि भएको उल्लेख गर्दै नयाँ पिँढीले यसको संरक्षण प्रवर्द्धनमा पनि जोड्नुपर्ने आवश्यकता रहेको बताएका छन ।

  • न्युज बहार संवाददाता

थप