Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज पशुपतिमा महादीपदान, भोली शतबीज छरिने

  •   ३ वर्ष अघि | २४ मंसिर २०८०, आइतवार

मंसिर २४, काठमाडौँ । आज बेलुकी अर्थात प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन साँझ दिवङ्गत पितृका नाममा महादीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व सुरु हुँदैछ। देशभरका शिवालयहरु लगायत पशुपतिनाथ मन्दिरमा आज राति अर्थात् बालाचतुर्दशीको अघिल्लो रात दिवङ्गत पितृका नाममा महादीपदान बालेर त्यसदिपलाई त्यो रातभरी निभ्न नदिई कुरेर बस्ने चलन रहेको छ। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा बालाचतुर्दशीका अवसरमा दीप प्रज्ज्वलनदेखि मुख्य क्षेत्रमा शतबीज छर्ने सम्पुर्ण व्यवस्था मिलाएको जानकारी दिएको छ

बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउने गरेको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए ।

खतिवडाका अनुसार मृतकका आफन्तजनले मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन रातभर महादीप बाली भजनकीर्तन र लोकझाँकी प्रस्तुत गरी रात बिताउने गर्ने परम्परा रहेको छ मृतक परिवारभित्र सदस्यले दिवङ्ग आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, सूर्यघाट, कैलाश, गुह्येश्वरी, गौरीघाट, आर्यघाट, मृगस्थली, पशुपति, किरातेश्वर विश्वरूप आदि ठाउँमा शतबीज छर्ने गरेक छन 

  • न्युज बहार संवाददाता

थप