Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काठमाडौँको आकाशमा अब केही दिन बादलले ढाक्ने र तुवाँलो बढ्ने

  •   ३ वर्ष अघि | १० माघ २०८०, बुधबार

माघ १०, काठमाडौँ । काठमाडौँमा केही दिनदेखि बिहानीपख हुस्सु र तुवाँलो लाग्दै आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मौसम पूर्वानुमान महाशाखाका अनुसार आंशिक रूपमा आकाशमा बादलले ढाक्ने र अझै तुवाँलो बढ्न सक्ने छ । 

महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार काठमाडौँमा पानी पर्न अझै केही समय कुर्नुपर्ने छ भने अहिले काठमाडौँको भिजिबिलिटी २५ सय मिटर मात्र रहेको छ । काठमाडौँमा पानी पर्ने वातावरण अझै नबनेको र नजिकका अग्ला पहाडमा भने छिटपुट वर्षा हुनसक्ने तर काठमाडौँमा आकाशमा बादल हुँदा हुस्सु कुहिरो हट्न समय लाग्ने मौसमविद् शान्ति कँडेलले जनाएकी छन ।

काठमाडौँमा अब केही दिन दैनिक रूपमा आकाशमा बादलले ढाक्ने र तुवाँलो बढ्ने छ भने पानी नपरेकै कारण वायुमण्डलको तुवाँलोमा प्रदूषणका कणहरू धेरै रहेका छन् ।

  • न्युज बहार संवाददाता

थप