ग्यास सिलिन्डर लिक हुँदा भएको आगलागीमा परी नेपाली कांग्रेसका सांसद
चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको मृत्यु भएको छ।
बुधबार
राति बुद्धनगरस्थित घरमा भएको उक्त घटनामा परी सांसद भण्डारी पनि घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले घटना कसरी भयो भन्ने प्राथमिक अनुसन्धान गर्दा ग्यास लिग भएको किचनमा पुगेर भण्डारीले बिजुली बत्ती बाल्दा एक्कासी आगोको झिल्का आएर आगलागी भएको हुन सक्ने बताएका छन । एसपी रिजालले बताए अनुसार किचनमा ग्यास लिग भएको रेछ त्यही समय सांसद भण्डारिले बत्ती बाल्न स्विच थिच्दा स्पार्क निस्केर एक्कासी आगो लागेको भन्ने बुझिएको छ।
जुद्ध वारूण यन्त्र काठमाडौंका पूर्वप्रमुख तथा अग्नि नियन्त्रक किशोरकुमार भट्टराईले ग्यास लिक भएर कोठा भरिँदा बिजुली बत्ती बाल्न हुन्छ कि हुन्न भन्ने जनचेतना नभएकाले यस्ता आगलागी हुने गरेको बताएका छन ।
‘धेरै मानिसलाई त ग्यास भरिएको कोठामा बिजुली
बत्ती बाल्दा स्पार्क भएर आगलागी हुन्छ भन्ने नै थाहा छैन,’ भट्टराईले भने,‘कतिलाई चाहिँ
बत्ती बाल्नु हुँदैन भन्ने थाहा छ तर त्यस्तो अवस्था बत्ती निभाउनु पनि हुँदैन
भन्ने थाहा छैन।’
यदी कुनै कोठामा ग्यास लिग भएर भरिएको छ भने त्यो कोठाको हावासँगै
ग्यास बिजुलीको स्विचभित्र पसिसकेको हुन्छ। स्विच अन वा अफ गर्दा निस्कने झिल्को (स्पार्क)
ले हामीले ग्यास जलाउँदा बाल्ने लाइटरले झैं काम गर्छ।
भट्टराई भन्नुहुन्छ ‘हामीले ग्यास खोलेर लाइटर
खट्याक्क गरेर बाल्छौं नि, हो त्यसै
गरी स्विच अन/अफ गर्दा पनि स्पार्क निस्किन्छ,
त्यसपछि
आगो लागिहाल्छ। कोठामा भएको मान्छे ढलिहाल्छ।’
ग्यास
लिक भएको शंका लागेको कोठामा जाँदा बिजुली बत्तीको स्विच छुनै नहुने भट्टराई
बताउँछन्। स्विच अन छ भने त्यसलाई अफ पनि गर्न हुदैन र अफ छ भने अन पनि गर्न हुदैन
।
‘बत्ती
बलेको छ भने बल्न दिनुपर्छ, बन्द छ
भने खोल्नुहुन्न। बरू कोठाका झ्याल-ढोका खोलेर ग्यासलाई बाहिर जान दिनुपर्ने किशोरकुमार भट्टराईले बताउनुहुन्छ।