भदौ २७, काठमाडौँ । आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप किशोरीहरुलाई निःशुल्क लगाइँदै छ ।
काठमाडौँको थापाथलीस्थित प्रसूति अस्पतालबाट खोप अभियानको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले उदघाटन गर्ने भएका छन् ।
हालका लागि एचपीभी खोप १४ वर्ष पूरा भएका र १५ वर्ष नकटेका किशोरीलाई मात्रै दिइँदैछ । आफ्नो उमेर खुल्ने परिचय पत्र खोप लगाउनका लागि अनिवार्य गरिएको छ ।
यो खोपको दुई मात्रा लगाउनुपर्ने हुन्छ ।
- न्युज बहार संवाददाता