Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

चिया कसरी पकाउने?

  •   २ वर्ष अघि | २१ असोज २०८१, सोमवार

असोज २१, काठमाडौँ । नेपालीहरुको प्रिय पेय पदार्थ हो चिया । कालो चिया होस वा दुध चिया, चियाबिना अधिकांश नेपालीको दैनिकी अपुर्ण हुन्छ ।  चिया जुन मौसममा पनि फिट हुने सबैको प्यारो पेय हो ।

चिया त हामी सधैँ खान्छौँ तर के हामिलाइ थाहा छ चिया पकाउने सहि तरिका वा प्रकृया के हो? आयुर्वेदिक दृष्टिकोणल के भन्छ भने हामी मध्ये करिब ९९ प्रतिशत मानिसलाई चिया बनाउने प्रकृया नै थाहा छैन । करिब ९९ प्रतिशत मानिस अहिले पनि फरक तरिकाले चिया पकाइरहेका छौँ । सामान्यतया हामी धेरै जसो मानिसले चिया बनाउँदा पहिले प्यानलाई ग्यासमा राखेर पानी हाल्ने त्यसपछी पानिमा दुध, चियापत्ती र चिनी मिसाउँने गर्छौँ । तर आयुर्वेदका अनुसार चिया पकाउने तरिका यो भन्दा फरक छ ।

आयुर्वेदका अनुसार चिया बनाउन सबैभन्दा पहिले दूधलाई ग्यासमा बसाल्नुपर्छ । दोस्रो चरणमा दुधमा पानी मिसाउनुहोस् । त्यस पछि दुध र पानीको मिश्रणमा चिनी, अलैँची र अदुवा मिसानुहोस अनि यति गरेसकेकपछी मात्र चियापत्ती हाल्नुहोस ।

यति सबै हालिसकेपछी यसलाई केहीबेर थालले छोपिदिनुहोस । एकछिन पाकेछी ग्यास बन्द गरिदिनुहोस । आयुर्वेदको यो विदी अनुसार चिया पकाउँदा चिया राम्रो बन्नुका साथै यसरी चिया पकाउँदा पकाउन पनि धेरै समय लाग्दैन । यो विधीबाट चिया पकउँदा चिया स्वादिलो हुनुका साथै स्वस्थ्य पनि हुन्छ ।

तर याद राख्नुस की धेरै चिया पिउनु स्वास्थ्यको हिसाबले फाइदाजनक हुन्न । चिया धेरै पिउनाले पाचनसम्बन्धी समस्या निम्त्याउनुका साथै निन्द्रा नआउँने समस्या हुन्छ ।

  • न्युज बहार संवाददाता

थप