साउन ३, काठमाडौँ। अस्पतालको दस प्रतिशत शय्या र पार्किङ शुल्क निःशुल्क गर्न बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशका सबै अस्पतालहरूलाई निर्देशन दिएको छ।
सोमबार स्वास्थ्यमन्त्री उत्तम जोशीको उपस्थितिमा बसेको बैठकले प्रदेशका सबै अस्पतालहरूलाई असहाय, विपन्न, बेवारिसे बिरामीका लागि कुल शय्याको दस प्रतिशत निःशुल्क कार्यान्वयन गरी विवरण पठाउनुपर्ने निर्णय भएको थियो।
उक्त बैठकले अस्पतालले दिएको विवरण मन्त्रालयको बेवसाइटमा अद्यावधिक राख्ने र सबै अस्पतालहरूले सवारी पार्किङ निःशुल्क गर्नुपर्ने निर्णय समेत गरेको थियो।
सोही अनुसार मन्त्री जोशीले प्रदेश भित्रका सबै अस्पतालहरूले १० प्रतिशत शय्या निःशुल्क गर्न निर्देशन दिएका हुन।
त्यसैगरि अस्पतालहरूले अतिरिक्त पार्किङ शुल्क लिँदा समस्या परेको गुनासो बढ्पछि पार्किङ निःशुल्क गर्न निर्देशन दिएको बताएका छन।
- न्युज बहार संवाददाता