माघ ११, काठमाडौँ । आज बिहीबार पौष शुक्ल पूर्णिमा अर्थात आजदेखि श्रि स्वस्थानीको व्रतकथा प्ररम्भ । नेपालका विभिन्न शक्तिपीठको आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा पूजा आराधना गरिन्छ । यो परम्परा अनुसार ती स्थानमा सतीदेवीको अङ्ग पतन भएको र देवीदेवताको बास रहने विश्वाससहित आजदेखि एक महिनाको अवधिमा पूजा आधारमा गरनेछ। वैदिक सनातन धर्मावलम्बीहरुले आजदेखि घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरू गरेर यी देवीदेवताको पूजा आराधना सुरू गर्ने छन्।
एक महिना अर्थात पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी
व्रत र माघ स्नान गरिन्छ। हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर पौष
शुक्ल चतुर्दशीको दिनदेखि यसको सुरुवात् गरिन्छ भने बिहान माघ स्नान गरी
मध्यान्हकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत
माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने, सुनाउने परम्परा रहेको छ। कथावाचन
भने कुल परम्परा अनुसार कसैले बिहान त कसैले बेलुकी गर्छन।
- न्युज बहार संवाददाता