Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

ललितपुर र काठमाडौँका यी स्थानमा आज विद्युत् अवरूद्ध हुने

  •   ३ वर्ष अघि | ३० मंसिर २०८०, शनिबार

मंसिर ३०, काठमाडौँ । आज पाँच घन्टा ललिपुर र काठमाडौँका विभिन्न स्थानमा विद्युत् अवरूद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार काठमाडौँको महाराजगञ्ज वितरण केन्द्रको हेपली फिडर अन्तर्गत पर्ने देउराली जनता, हेपाली हाइट, कृष्ण मन्दिर, कुवर कोलोनी, इशान हस्पिटल, ग्रीनल्याण्ड चोक, क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ।

आज बिहान साढे ८ बजेदेखि दिउँसो साढे २ बजेसम्म ती क्षेत्रमा अन्डरग्राउन्ड प्रोजेक्टको काम हुने भएकाले विद्युत् अवरूद्ध हुने प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले जानकारी दिएको छ ।

त्यस्तै प्राधिकरणले ललितपुरको पुल्चोक वितरण केन्द्रको रिङरोड फिडर अन्तर्गत पर्ने बागडोल, नख्खु चोक, मलपोखरी, धोबिधारा, धोबीघाट, सनराइज टावर, नयाँबाटो, आफल्डोल एरियामा पनि आज पाँच घन्टा विद्युत् अवरूद्ध हुने जनाएको छ।

आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म फिडर सटडाउनमा राखी टेकु सबस्टेशन १३२ केभीमा स्तरोन्नती गरिने भएकाले ललितपुरका ती क्षेत्रमा बत्ती नआउने प्राधिकरणले जनाएको छ।

  • न्युज बहार संवाददाता

थप