मंसिर
१३, काठमाडौँ । बिहीबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति प्रभावित तथा
बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले
आज एक सूचना जारी गर्दै टेकु सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले बिहान ११ देखि
दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति रोकिने जनाएको हो ।
प्राधिकरणद्वारा
जारी सुचनामा कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चमती, भगवान पाउ, डल्लु आवास, जनसेवा मार्ग,
काराखुशी, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्र रत्न क्याम्पस, चागल, कलश अपार्टमेन्ट क्षेत्रमा चार घण्टा
विद्युत् आपूर्ति बन्द हुने सूचनामा उल्लेख गरिएको छ ।
- न्युज बहार संवाददाता