बैशाख १६, काठमाडौँ। हामी सबैलाई थाहा भएकै कुरा हो रातको समयमा हामी सबै जना विश्राम गर्छौँ । यस समयमा हाम्रो शरीरलाई अतिरिक्त उर्जा आवश्यक पर्दैन । त्यसैले हामीले राती ढिला खाएको खानेकुरा पचाउनै गाह्रो पर्ने हुन्छ ।
त्यसैले यसरी हेर्ने हो भने राती ढिला खाएको खानाले अपच हुने त छँदैछ त्यसका साथ साथै यसले शरीरमा आवश्यक्ताभन्दा बढी क्यालोरी जम्मा समेत गर्छ । त्यसपछी शरिरमा वोसो लाग्ने, मोटोपन बढ्ने र विभिन्न खालको शारिरिक समस्या यहीबाट सुरु हुन थाल्छ ।
यस्ता साना सम्यालाई बेलैमा ध्यान दिएर हामी आफ्नो शरिरमा हुने ठुला रोगहरुलाई समेत न्युनिकरण गर्न सक्छौँ। त्यसैले हामिले रातीको खाना चाडै र हल्का खाएमा हाम्रो शरिरको अनावश्यक तौल बढ्न पाउँदैन अझ भनौँ तौल नियन्त्रण हुन्छ ।
यसका साथै हामिलाई गहिरो निद्रा लाग्ने बिहान उठ्दा शरीर हल्का भएको महसुश हुने । पेट भारी नहुने र आफुलाई ताजा भएको महसुस हुने गर्दछ।
यसले हाम्रो मुटुमा पनि सकारात्मक प्रभाव पार्ने गर्दछ भने फ्याट र कोलोस्टोरको समस्या कम हुन्छ र पेट सम्बन्धीका समस्याहरु हटेर जान्छ।
- न्युज बहार संवाददाता