Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

के तपालाई थाहा छ तिता निमका मिठा गुणहरु?

  •   ३ वर्ष अघि | १८ असार २०८०, सोमवार

असार १८, काटमाडौँ। निम सुन्ने बित्तिकै तितोको सम्झना आए पनी यो स्वास्थ्यको लागि धेरै किसिमले फाइदाजनक चिज हो । नीम, हाम्रो शरीर, छाला तथा कपालको लागि अत्यन्तै फाइदाजनक प्रकृतिक औषधि हो, तर यसको स्वाद तितो हुनाले धेरैले यसलाई मनपराउँदैनन। निमको रस वा जुस को सेवन गरेर हामीले यसको धेरै गुणहरुको फाइदा लिन सकिन्छ । आउनुस यसको फाइदाहरुको बारेमा जानौँ।

यदी हाम्रो शरिरमा मन्द ज्वरो आइरहन्छ भने १ चम्चा निमको बोक्रा भित्रको छाला २ गिलास पानीमा आधा गिलास हुनेगरी पकाएर त्यसलाई बिहान खाली पेटमा नियमित खाने गर्नाले पुरानोगढेर बसेको ज्वरो पनि ठिक हुन्छ।

यदी हाम्रो कपाल वा टाउको दुखेको छ भने नीमको ताजा पातको रस निकालेर २-२ थोपा नाकमा हाल्नाले टाउको अनि कपाल दुखेको ठिक हुन्छ ।

त्यसैगरी कान दुखेको समयमा नीमको पातको रस मनतातो पारेर कानमा ३-४ थोपा हाल्ने गरेमा कान दुखेको वा पाकेको सबै रोग ठीक हुन्छ पनि भनिन्छ ।

दाँतका लागी निम अतिनै उपयोगी हुन्छ। नीमको फूलको काँढा पकाएर बिहान्बेलुका कुल्ला गर्ने गरेमा दाँत तथा गिजा सम्बन्धी रोगहरु निको भएर जान्छन । हाम्रो नाकको नाथ्री फुटेर यदी रगत बगेको छ भने नीमको पात र ज्वानो पानीमा पिनेर दुबै कञ्चटमा लगाउनाले केही हदसम्म ठिक हुने गर्दछ ।

दमको रोग भएकाहरुले नीमको तेललाई १० थोपा सादापानीमा हालेर बिहान- बेलुका खाने गरेमा दम ठीक हुदै जान्छ ।

निमले हाम्रो छालालाई सुन्दर बनाउन मद्धत गर्छ, यसले हाम्रो अनुहारमा आएको दाग धब्बालाई हटाउँछ, यसको प्रयोगले हाम्रो अनुसारको छालामा आएको चाँया पोतो डण्डिफोर जस्ता समस्यालाई निर्मुल पार्छ।  

यी बाहेक तितो निमाका अन्य धेरै मिठा गुनहरु पनि छन जसले हाम्रो शरिरलाई प्रकृतिक रुपमा धेरै फाइदा दिन्छन। 

  • न्युज बहार संवाददाता

थप